Previous Next

हाम्रो बारेमा

बदलिदो युग सुहाउँदो शिक्षा प्रदान गर्ने महान् लक्ष्यका साथ २०५०सालमा स्थापना भएको विद्यालयकाे नाम हो  विधासागर आवसीय माध्यामिक विधालय।यो विद्यालय स्थापना कालदेखि नै अनेक सङघर्षको  शिखरहरु छिचोल्दै आफ्नो गन्तव्य सहितको गतिमा अघि बढिरहेको छ।नेपाली समाजमा पछि परे समुदायका सन्तानहरुलाई निशुल्क शिक्षा प्रदान गरेर हजारौं नाफामुखी बोर्डिङ हरुको बीचमा आफ्नो छु‌‌ट्टै सेवामुखी पहिचान कायम गरेको छ।

शिक्षा नाफामुखी होइन सेवामुखी हुनुपर्छ भन्ने मात्यतालाई पूर्णतः व्यवहारमा लागू गर्न अझ प्रतिवद्घ रहेको यो विद्यालयले शिक्षाको गुणस्तरमा कहिल्यै सम्झौता गरेको छैन । जसको प्रमाण विगतका एस्एल्सीको परीक्षामा विद्यार्थीहरूले हासिल गरेका विशिष्ट श्रेणी सहितको नतिजबाट प्रस्ट हुन्छ । सेवामुखी हुनुको साथै गुणस्तरीय शिक्षा प्रदान गर्ने यो क्षेत्रकै एकमात्र उदाहरणीय विद्यालय भएको नाताले आगामी दिनमा पनि यो क्षेत्रमा श्रेष्ठता कायम राख्ने लक्ष्य यो विद्यालयको रहेको छ ।     

विद्यालयको उद्वेश्यः

नेपाली समाजको मूल प्रवाहमा रहेको र मूल प्रवाहबाट पछि परेका दुर्गम , जनजाति , अपाङ्ग , असहाय र शहिद परिवारका छोराछोरीहरूलाई विशेष प्राथमिकतासाथ गुणस्तरीय शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने ।

१.आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी मन्टेश्वरी विधिबाट शिक्षा प्रदान ।

२.विद्यालयमा शिशुस्याहार केन्द्र र आवश्यकताअनुसार आवासीय व्यवस्था ।

३.योग्य र अनुभवी शिक्षकहरूबाट वाल मनोविज्ञानमा आधारित शिक्षा प्रदान ।

४.सम्पूर्ण विधार्थीहरुलाई व्यावसायिक शिक्षा प्रदान गर्दै आत्म निर्भर बनाउने ।

५.उत्कृष्ट शिक्षक , विद्यार्थी र अभिभावकलाई उचित प्रकारको सम्मान तथा पुरस्कारको व्यवस्था ।

६.साप्ताहिक अतिरिक्त क्रियाकलाप (नृत्य , संगीत , खेलकुद र विभिन्न साहित्यिक कार्यक्रमको व्यवस्था)

७.पुस्तकालय , कम्प्युटर र विज्ञान प्रयोगशालाको उचित व्यवस्था ।

८.यातायातको उचित व्यवस्था ।

९.आवश्यकता र अध्ययनमा लगनशील विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था ।


हाम्रो परिवार

सम्पर्क ठेगाना

Vidya Sagar Boarding School

धारापाटी, गाेदावरी नगरपालिका-३, ललितपुर, बागमती प्रदेश

फोन नं.: ०१५५६०६०६

इमेल: vsbsgodawari@gmail.com