ढाका टाेपी

नमस्कार, मेरो नाम मेरक्षा राई हो । म कक्षा ६ मा पढ्छु । मेरो विद्यालयको नाम विधा सागर बाेडिङ स्कुल हो । म ढाका टोपीको बारेमा लेख्न गइरहेको छु ।

ढाका टोपी ढाका कपडाबाट बनेको हुन्छ । यो जो नेपालको राष्ट्रिय पोसाकसँग लगाइन्छ । ढाका टोपी एक सांस्कृतिक पोसाक पनि हो । पुरुषहरूले दौरा सुरवालमा ढाका टोपी लगाउँछन् ।

अब म ढाका टोपीलाई विभिन्न विषयहरूमा व्याख्या गर्न गइरहेको छु ।

ढाका टोपी धेरैजसो वृद्धा मानिसहरूले लगाउने भएकाले ढाका टोपीलाई सामाजिक विषयसँग तुलना गर्न सकिन्छ ।

गणित विषयमा ढाका टोपीको लम्बाइ, चौडाइ, जोड, घटाउ र भाग निकाल्न सकिन्छ ।

विज्ञान विषयमा ढाका टोपी एक स्थानीय प्रविधि मानेर तुलना गर्न सकिन्छ ।

नेपाली विषयमा किताबमा जोड्दा ढाका टोपीको निबन्ध, कविता तथा कथा बनाउन सकिन्छ । म ढाका टोपीको कथा प्रस्तुत गर्छु ।

                               ढाका टोपी र मदानी

एका देशमा एउटा ढाका टोपी र एउटा मदानी थिए । ढाका टोपी र मदानी मिल्ने साथी थिए । एक दिन ढाका टोपी र मदानीसँगै खेलिरहेका थिए । खेलिरहेको बेला उनीहरूबिच अब के खेल्ने भन्ने विषयमा झगडा भयो । झगडा भएको दिनपछि उनीहरू एक अर्कासँग बोल्न छोड्छन् । उनीहरूको अर्को मिल्ने साथी , नाङ्लो , ढाका टोपी र मदानीलाई फेरि मिलाउने योजना बनाउँछ । नाङ्लोले दुवै जनालाई एउटा खाली मैदानमा बोलायो तर उ आफै चैँ गएन । ढाका टोपी र मदानीले मैदानमा एक अर्कालाई देखे तर केही बोलेनन् । केही बेरपछि पनि नाङ्लो नआएपछि उनीहरूको पर्खिने क्षमता नष्ट भयो र उनीहरूले एक अर्कासँग माफी मागे । फेरी साथी बने र नाङ्लोको योजना सफल भयो ।

सम्बन्धित पाेस्ट