मेरो नाम चन्द्रमा पुन मगर हो। म कक्षा ५ पढ्छु। मेरो विद्यालयको नाम विद्या सागर आवासीय माध्यमिक विद्यालय हो। म आज मारुनीको बारेमा बताउन गइरहेको छु। मारुनी मगर समुदायमा प्रचलित छ। मारुनी मगरहरू को एक प्रमुख चाड हो। मारुनीमा महिलाहरूलाई राम्ररी शृङ्गार गरेर नाच्ने गर्छन्। पुरुषहरू एक ठाउँमा बसेर र महिलाहरू अर्को ठाउँमा बसेर भाका लगाउँछन्। मारुनीमा धेरै र थरी थरी प्रकारका मिठो भोजन बनाइन्छ। मिठा मिठा भाका पालै पिलो गरेर गाइन्छ। मारुनी अहिले हराउँदै गइरहेको छ। मारुनीमा नाच गान गर्दै रमाइलो गरिन्छ। मारुनीले मानिसहरूको बिच मेलमिलाप बढेको छ। पश्चिममा यो धेरै प्रचलित चाड हो। मारुनीमा महिला र पुरुष मिलेर नृत्य गर्छन्। मारुनीमा साना देखि बुढाबुढी सम्म सहभागी हुन मिल्छ। मारुनीमा सरस्वती देवीको पूजा गरिन्छ। सरस्वती देवी मारुनी मारुनी मनाउने कारण पनि हो। मारुनीमा सरस्वती देवी ठुलो भूमिका छ।