१० वर्षपछि म जापानमा हुनेछु । म पढिरहेको हुनेछु । म विज्ञान विषयको अध्ययन गर्नेछु । म पढ्दै अफिसमा काम गरिरहेको हुनेछु। म मेरो बेस्ट फ्रेन्ड बनाउने छु। म मेरो बुबा ,आमा, काका, काकी, भाइ, बहिनी आदि परीवारहरुसँग बसेको हुनेछु। मेरो पढाई राम्रो हुनेछ। म मेरो साथीको नजिकै बस्नेछु। म मेरो परिवार र वेस्ट फ्रेन्ड सँग घुम्नलाई जानेछु। मैले मेरो कमाएको पैसा बैङ्कमा बचत गर्नेछु। गाह्रो सारो पर्दा म मेरो वेस्ट फ्रेन्ड सँग पैसा अथवा सहयोग लिनेछु। म एउटा कार किन्नेछु। मलाई मन पर्ने लुगा जुत्ता किन्न जानेछु ।
म दसैँ आएको बेलामा सबैलाई लुगा देखि लिएर जुत्ता सम्म किनिदिनेछु। अनि हामी सबैलाई हजुरबुबाले टीका लगाई दिनुहुनेछ। हामी सबै रमाइलो गर्नेछौ। म सबै सँग मिलेर राम्रो सँग बोलेर बस्नेछु। म १० वर्षपछि २३ वर्षको हुनेछु। म ३५ वर्षको कटे पछि मात्र विवाह गर्नेछु। म त्यति बेला सम्म कमाउँदै रमाउँदै बस्ने छु। म डाक्टर बन्न चाहन्छु। त्यसैले म विज्ञान पढिरहेको हुने छु। म जापानबाट २० वर्ष पछि नेपाल फर्किने छु। म अनि दसैँ मानेर फेरि जापान जानेछु। म मेरो साथीलाई पनि नेपाल लिएर आउनेछु। म र मेरो साथी मिलेर अर्को देश घुम्न जाने छौ।
म मेरो साथीको आमा, बुबालाई नेपाल घुम्न भनेर पठाउनेछ। म मेरो आमा, बुबा, हजुरबुबा, हजुरआमा लाई सधैँ भरीको लागि जापानबाट नेपाल पठाउनेछु। म एउटा घर किनेर त्यहाँ बस्नेछु। अब त्यहाँ काकी,काका,बहिनी,भाइ अनि म मात्र हुनेछौ। म जापान म म्यानेजर बनेको हुनेछु। म सँग एउटा महँगो मोबाइल हुनेछ। म जापानमा धेरै साथीहरू सँग घुलमिल हुनेछु। म मेरो साथीको बोलाउने नाम सायोन राख्नेछु किनकि उ जापानीज हुनेछ।
अब म डाक्टर बनी सकेको हुनेछु। २० वर्षपछि मेरो विश्वको पढाई पनि सिद्धिने छ। म डाक्टर बनेर गरिब मानिसहरू लाई फ्रीमै उपचार गर्नेछु। म सोसियल वर्क बन्न चाहन्छु त्यसैले म डाक्टर बनेर गरिब मानीहरूलाई सहयोग गर्नेछु । खाना बाँडेन छु । लुगा दिनेछु । सानो बच्चाहरूलाई राम्ररी पढाउने छु। म मेरो भाइ र बहिनी लाई राम्रो कलेज पढाउने छु। बहिनीलाई राम्रो पढिन् भने म नेपाल मा पठाएर लोकसेवा भिड्न लगाउने छु। म पहिला मेरो भाइ र बहिनीको पढाई सकेपछि विवाह गर्नेछु। तर म मेरो बुबा,आमा,काका,काकीलाई सल्लाह लिएर विवाहको कुरा गर्नेछु। म पछि नेपालमा गएर मेरो पहिला स्कुलमा पढ्ने साथीहरूको खोजी गर्नेछु। म एउटा गीत रेकर्ड गरेर जापानीज साथीलाई भेट्न को लागि जापान जानेछु।
मेरो भाइ र बहिनीको पढाई सिद्धिनु आँटेको हुनेछ।अब म पनि ३५ वर्षको हुन आटेको हुन्छ । म मेरो परिवार सँग खुसीको साथ बसी रहेको हुनेछ। जापानमा हामी सबैले एउटा खुसी परिवार बनाएका थियौँ । नेपाल मा पनि त्यस्तै परिवार बनाउन खोजेका थियौँ। जापानमा जापानको सरकारले धेरै व्यवस्था मिलाएको छ। म त्यहाँ परिवार र मेरो साथीहरू सँग रमाइलो सँग चाडपर्व मनाएका थियौँ। जापानमै म मेरो भाइ बहिनीको विवाह गराइदिने छु। म नेपालमा राम्रो र हरियो पारियो ठाउँमा बसेको हुनेछु। म त्यहाँ जापान को बारेमा सबै लाई भन्ने छु।मा त्यहाँ जापान को बारेमा बताउनेछु।त्यसपछि म उनीहरूलाई जापान भिजिट गर्न को लागि राम्रो हुन्छ भनेछु।
म नेपालमा कृषि गर्नेछु। म अनि त्यहाँ राम्रो र खुसी साथ बस्ने छु। म मेरो परिवारलाई घुमाउन अर्को देश लाने छु।मेरो स्कुल को साथीहरू सँग भेटघाट गरेर रमाइलो र गफ गर्नेछु। अनि म मेरो साथीहरूसँग घुम्न जानेछु। म अनि आफ्नो गाउँ फर्केर आउनेछु । मेरो गाउँ को नाम खार्मी हो ।यो दिक्तेल मा पर्दछ। म आफ्नो घर गए दाजुभाइ ,दिदीबहिनी, फुपू हरू,आदिलाई भेटेर रमाइलो गर्ने छु।अनि म मामाघरमा जानेछु।
मेरो मामाघर बुई पा हो।यो खोटाङ मा पर्दछ। म मामाघर मा माइजू ,मामा,भाइ,बहिनी,आदिलाई भेट्ने छु। अनि गोदावरीमा गएर हजुरबा, हजुरआमालाई भेट्ने छु।म नेपाल मा बसेर सबै चाडपर्व मानेर खुसी र रमाइलो गर्ने छु।मेरो परिवारमा १० जना छ पछि त्यो भन्दा धेरै जना हुनेछ।मलाई धेरै जापानको याद आउने छ किनकि धेरै वर्ष बसेपछि सम्झना त आउनेछ।
म घरमा धेरै बस्ने छैन किनकि म घरमा धेरै डुल्छु त्यसैले म मामा घरमा बस्छु। अब म ३५ वर्ष कटे को हुनेछु । अब मेरो विवाहको बारेमा घरमा कुरा चल्छ ।मैले विवाह पछि म तराई घुम्न जानेछु ।मा मेरो सासू र ससुरा बा लाई भेट्न जानेछु । म मेरै थर सँग विवाह गर्ने छु। मेरो थर राई हो । मा राईसँगै विवाह गर्ने छु। म अरू जात सँग विवाह गर्न मिल्दैन किनकि मेरो बुबा ,आमाहरूले मान्नुहुँदैन ।
अब म विवाह गरेर आफ्नो घर गइसकेको हुनेछु।म त्यहाँ बिस्तारै घुलमिल हुँदै जानेछु। म त्यहाँ सबै सँग साइनो सँग बोल्नेछु।म सबैलाई आदर र सम्मान गर्नेछु। म साना लाई माया र ठुलालाई सम्मान गर्नेछु। म केही चाडपर्वमा माइत जानेछु । माइतमा म ६,७दिन बसेर फेरि म घर जानेछु। म माइतमा कोसेली लगेर जानेछु। म मेरो जन्म दिनको दिनमा माइत गएर केक काटेर रमाइलो गरेर भोलि पल्ट घर जानेछु।अब मेरो जीवन यस्तै सधैँ चल्नेछ।
म पछि कोसको घरमा हुनेछु त्यो मलाई थाहा छैन मैले त भविष्यवाणी गरेर लेखेकी हु। म पछि जापान मै हुनेछु । मेरो सपना छ । त्यो म पछि डाक्टर बनेर अरूलाई सहयोग गर्नेछु।मैले त पछि मेरो जीवन कस्तो हुन्छ होला भनेर लेखेको मात्रै हो।यति भन्दै म यही टुङ्ग्याउनु चाहन्छु। धन्यवाद!