हँसिया

नमस्ते, मेरो नाम विवेक हँग राई हो। हँसिया एउटा हतियार हो। त्यसले घाँस काट्न सहयोग गर्छ। हँसियाले घरहरूको घाँस काट्न मिल्छ। हँसियाले सेल रोटी बनाउन बाँसलाई ताछेर सिन्का बनाउन मिल्छ। हँसिया धेरै जस्तो गाउँ तिर प्रयोग हुन्छ। कहिले हँसिया तरकारी काट्न प्रयोग हुन्छ। कहिले काहीँ जङ्गलमा बाघ आउँदा खेरि हँसियाको प्रयोग गर्न मिल्छ। हँसियाको बिँड हुन्छ अनि फलामको हुन्छ। हँसिया को आकार अर्ध गोलाकार हुन्छ। तामाङमा हँसियालाई कँचिया भन्छ हँसिया धारिलो हुन्छ। हँसियालाई मगर भाषामा राकासी भनिन्छ। हँसियालाई आरनमा बनाइन्छ।


परियोजना शिक्षक

Binita Magar

नेपाली

२०८१-०९-०७

सम्बन्धित पाेस्ट