नाङ्लो

नमस्ते, मेरो नाम सक्षम गिरी हो। मेरो विद्यालयको नाम विद्या सागर माध्यमिक विद्यालय हो । म कक्षा ५ मा पढ्छु। 

नाङ्लो चैँ चामल छान्न मदत गर्छ। यो चाही पहाड भेगमा धेरै चल्छ। यो तिहार र दसैमा पनि धेरै चल्छ। नाङ्लो गोलो आकारको हुन्छ। यो बाँसले बनेको हुन्छ। यो गाउँमा धेरै चल्छ। यो फलफूल राख्न, तरकारी राख्न,चामल राख्न ,आदि राख्न प्रयाेग हुन्छ। नाङ्लो हाम्रो घर गाउँमा धेरै प्रचलित कुरा हो। नाङ्लोलाई राई भाषामा मारु भनिन्छ। अनि तामाङ भाषामा नाख्ले भनिन्छ। नाङ्लोमा हामीले मस्यौरा , खुर्सानी ,भिजेको चामल सुकाउन प्रयोग गरिन्छ।

परियोजना शिक्षक

Binita Magar

नेपाली

२०८१-०९-०७

सम्बन्धित पाेस्ट